वैशाख २५ । सरकारले खोटाङको सदरमुकाम दिक्तेललाई नगरपालिका घोषणा गरेको छ ।
नेपाल सरकार मन्त्री परिषदको बिहीबार बसेको बैठकले थप गरेको ७२ वटा नगरपालिकामा खोटाङको दिक्तेल पनि परेको हो ।
बिहीबारको मन्त्री परिषद बैठकले यसअघि घोषणा भएका तथा कार्यान्वयन नभएका ४१ नगरपालिकालाई समेत जोडेर ७२ वटा स्थानलाई सरकारले नगरपालिका घोषणा गरेको हो ।
दिक्तेल नगरपालिका अन्तर्गत दिक्तेल बजार, बाम्रांग, खाल्ले, लफ्यांग २ गाविस रहेका छन् ।