असार–१५ खोटाङ । सोलुखुम्बुको दुधकुण्ड नगरपालिका–११ तिङ्लामा जीप दुर्घटना हुँदा खोटाङ खाल्लेकी एक महिला सहित ६ जनाको ज्यान गएको छ । नेचा सल्यानबाट पत्ताले हाटबजारतर्फ जाँदै गरेको को १ ज १८६० नम्बरको जिप शुक्रबार बिहान साढे ७ बजे दुर्घटना हुँदा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ का २४ बर्षिया कोपिला बस्नेत कार्की सहित अन्य पाँचको ज्यान गएको हो ।
तिङलाको महादेव भीरबाट करिब पाँच सय मिटर तल जीप खस्दा उदयपुर सिरिसेका चालक २१ वर्षीय कुशाङ तामाङ, सिरहा संहिठाका ३६ वर्षीय शिवकुमार यादव, नेचासल्यान–२ सोलुखुम्बुका ३५ वर्षीया उर्मिला कट्टेल बाँस्तोला र नेचासल्यान–२ कै २५ वर्षीया शुसीला खड्काको ज्यान गएको छ ।
यस्तै, दुर्घटनामा परी ओखलढुंगा माम्खाका ४२ वर्षीय गाडी धनी श्यामकुमार राई रहेको जिल्ला प्रहरी कार्यालय सल्लेरीका प्रहरी निरीक्षक प्रविण अधिकारीले बताउनुभयो । दुर्घटनामा मृत्यु भएका ६ जनाकै सनाखत भएको प्रहरीले जनाएका छन् ।
दुर्घटनामा परी अन्दाजी ८ वर्षीया सुस्मा खड्का गम्भिर घाइते बनेकी छन् । घाईंते वालिकालाई उपचारका लागि फाप्लु अस्पताल पु¥याइएको छ । दुर्घटनाको कारण खुल्नसकेको छैन ।