जेष्ठ–६, श्रीमतीले प्रहार गरेको टेलीभिजनको टुक्राले लागेर खोटाङमा एक व्यक्तिको ज्यान गएको छ । बाम्राङ–३ की ३२ वर्षीया तस्बिरा राईले प्रहार गरेको  टेलीभिजनको टुक्राले लागेर उनको श्रीमान ४० वर्षीय अमर राईको ज्यान गएको हो ।
सोमबार साँझ करिब पौंने नौं बजेतिर टेलीभिजन हेरीरहेको अवस्थामा उनीहरुवीच सामान्य विवाद भएपछि दोहोरो झडप भएको थियो । झडपका क्रममा श्रीमतीसँगै बसेर हेरीरहेको  टेलीभिजन अमरले फुटाएका थिए । फुटेको टेलीभिजनको टुक्रा टिपेर तस्बिराले प्रहार गर्दा अमरको टाउकोमा गहिरो चोट लागेको थियो । चोट लाग्ना साथ बेहोस बनेर ढलेका अमरको घटना स्थलमै ज्यान गएको स्थानीयबासीको भनाइ छ । 
हत्यामा संलग्न तस्बिरालाई सोमबार साँझ नै आफूहरुले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक रमेश देवले जानकारी दिनुभयो । उहाँका अनुसार मृतक अमरको शव पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा राखिएको छ ।