जेष्ठ–११, किरात जनवादी वर्कर्स पार्टीले मोरङको कसेसी गाविसको केसलीय बाँधमा निर्माणाधिन हेडवर्कस तोडफोड र आगजनीमा आफ्नो संलग्नता नरहेको दाबी गरेको छ । वर्कर्सका प्रवक्ता क्रान्तिलालले शनिबार विज्ञप्ती जारी गर्दै कसेनीको हेडवर्कस तोडफोड र आगजनीमा आफ्नो पार्टीको संलग्नता नरहेको दाबी गरेको हो । 
रौता जेभीबाट पूर्वाञ्चल सिँचाई कार्यालय नं. २ सुनसरी मातहतको निर्माण भइरहेको बाँधको हेडवर्कसमा चन्दा नदिएको भन्दै वर्कर्सको नाममा गत जेठ–१ गते तोडफोड र आगजनी भएको थियो । पीडित पक्षसँग माफी माग्दै वर्कर्सले तोडफोड र आगजनीमा संलग्नहरुको पहिचान गरी कारबाहीका लागि सरकारसँग आग्रह गरेको छ । 
आगजनीमा संलग्न समूहले वर्कर्सको नाममा चन्दा आतंक मच्याएर आफ्नो पार्टीलाई बदनामित गराउने प्रयास गरेको विज्ञप्तीमा भनिएको छ । किरातीवादी आन्दोलनमा होमिएको बेला पार्टीभित्र घुसपैठ र चलखेलको प्रयास भएको उसको दाबी छ ।
घुसपैठ र चलखेलमा संलग्न दलाललाई पहिचान गर्दै कारबाही थालिएपछि अत्तालिएका समुहले अनन्त क्रान्तिको नाममा चार वटा समुहलाई एकीकरण गरेको भ्रम छरेको प्रबक्ता क्रान्तिलालको भनाइ छ । यस्ता समुहले राजनीतिलाई भाँडाकुटी खेलकारुपमा लिएको र किरातवादी आन्दोलनको नाममा दलाली गरेको वर्कर्सको आरोप छ ।