जेष्ठ-१२, धारिलो हतियार प्रहारबाट खोटाङमा एक दम्पत्तीको हत्या भएको छ । नचिनिएका व्यक्तीको धारिलो हतियार प्रहारबाट सोलुखुम्बुको नेचाबेतघारी–८ स्थायी ठेगाना भइ खोटाङको महेश्वरी–१ फेदीमा व्यवसाय गर्दैआएका श्रीमान मानध्वज राई र श्रीमती सुगा राईको हत्या भएको हो ।
सोलुखुम्बु र खोटाङको सिमानामा पर्ने तुइन्टारमा माछा पशल र होटल सञ्चालन गर्दै आएका राई दम्पत्तीको आईतबार राती सुतेकै ठाउँमा हत्या भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरिक्षक रमेशकुमार देबले बताउनुभयो । मृतकको शवलाई पोष्टमार्टमकालागि ओखलढुंगाको रुम्जटारतर्फ लगिएको प्रहरीले जनाएको छ । खुकुरी वा बञ्चरो प्रहार गर्ने ‘एक्लो वा समुह थियो’ भन्ने अहिलेसम्म थाहा हुन नसकेको प्रहरीले जनाएको छ ।
घट्नाको अनुसन्धानकालागि इलाका प्रहरी कार्यालय ऐसेलुखर्कबाट प्रहरी नायब निरिक्षक नागेन्द्र भगत नेतृत्वको प्रहरी घट्नास्थलतर्फ पठाइएको प्रहरी निरिक्षक देबले जानकारी दिनुभयो । राई दम्पत्ती दुई जना मात्र तुइन्टारको फेदीमा बस्दै आएका थिए ।