जेष्ठ–१७, खोटाङका फरक क्षमता भएका किशोर–किशोरीले संगीत कला केन्द्र स्थापनाको पहल थालेका छन् । फरक क्षमता भएका नागरिकको सांगीतिक प्रतिभा प्रष्फुटनका लागि नवज्योती सांगीतिक समुहमा आवद्ध फरक क्षमता भएका किशोर–किशोरीले संगीत कला केन्द्र स्थापनाको पहल थालेका हुन् ।
जिल्लामा संगीत विद्यालयको आवश्यकतालाई मध्यनजर गर्दै संगीत सरगम कला केन्द्र स्थापनाको तयारी गरिएको समुहका प्रबन्धक भक्त विश्वकर्माले बताउनुभयो । कला केन्द्र स्थापनाका लागि नव ज्योती सांगीतिक समुहले राजनैतिक दलका नेता, जिल्ला विकास समिति र प्रशासनसँग छलफल गरेको छ ।
सांगीतिक समुह फरक क्षमता भएको किशोर किशोरीको पहलमा २०५८ सालमा स्थापना गरिएको समुहका अध्यक्ष सोमकुमार मगरले बताउनुभयो । कला केन्द्र स्थापनाकालागि स्थानीय बिकास अधिकारी युवराज अधिकारी, प्रमुख जिल्ला अधिकारी गोबिन्द सापकोटाले सहयोग गर्ने बचन दिनुभएको समुहले जनाएको छ ।