जेष्ठ–२५, नेपाल राष्ट्रिय शिक्षक संगठन खोटाङले शिक्षक हित तथा बचत सहकारी संस्था स्थापना गरेको छ । संगठनको शनिबार सम्पन्न १७ औं जिल्ला परिषदले शिक्षक हित तथा बचत सहकारी स्थापना गरेको हो । 
प्रतिव्यक्ति ५÷५ हजारका दरले ७० जना शिक्षकको शेयर लगानीमा सहकारी स्थापना गरिएको नेपाल राष्ट्रिय शिक्षक संगठन खोटाङका सचिव टंक कट्वालले जानकारी दिनुभयो । जिल्लाका शिक्षकबाट बचत गर्दै शिक्षकलाई नै लगानी गर्ने उद्धेश्यकासाथ सहकारी सञ्चालनमा ल्याइएको संगठनले जनाएको छ । 
परिषदमा भेला भएका शिक्षकबाट ३ लाख ५० हजार रकम जम्मा गर्दै सहकारी स्थापना गरिएको हो । ७० जना शिक्षकको लगानीबाट शुरु गरिएको बचत सहकारीको शेयर सदस्य ८ सय पु¥याइने कट्वालको भनाइ छ । दिक्तेल नगरपालिकाबाट सहकारी सञ्चालनका लागि यादवप्रसाद घिमिरेको अध्यक्षतामा सञ्चालक समिति गठन गरिएको छ । 
जिल्ला परिषद संगठनका केन्द्रीय सदस्य एकराज शर्माको उपस्थितिमा शुक्रबार र शनिबार सञ्चालन भएको थियो ।