खोटाङ, असार–१९, खडेरीका कारण खोटाङको खोटाङको हलेसी तुवाचुङ नगरपालिकाको पश्चिमी क्षेत्रमा मकै सुक्न थालेको छ । वर्षा नहुँदा हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडा, हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवा, हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटार, हलेसी तुवाचुङ नगरपालिका–४ डिकुवा लगायतका स्थानका किसानले लगाएको मकै मर्न थालेको हो । 
प्रमुख बालीकारुपमा लगाइएको मकै मर्न थालेपछि किसान चिन्तित बनेको हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडाका वडाध्यक्ष रुद्र राईले बताउनुभयो । 
जिल्ला दैबीप्रकोप उद्धार समितिले २०६८ सालमा सुक्खाग्रस्त क्षेत्र घोषणा गरेको हलेसी क्षेत्रका विभिन्न वडामा पानी नपर्दा धानचौंर निकाल्दै गरेको मकैको बोट सुक्न थालेका छन् । हलेसी तुवाचुङ नगरपालिकामा सबैभन्दा बढि खडेरीको अशर बाहुनीडाँडाको कदुवा, बेता, कुर्ले लगायतका ठाउँमा परेको राईले बताउनुभयो । खडेरीले मकैको धानचौंर नै मरेपछि घोगामा दाना नलाग्ने गरेको स्थानीय बताउँछन् ।