रामधन बेदना /खोटाङ
यस वर्षको एसएलसी परिक्षामा खोटाङका लगातार दोश्रो पटक ४ वटासहित ११ विद्यालय निल भएका छन् । एसएलसी परीक्षामा एक जना पनि विद्यार्थी उत्तीर्ण गराउन नसकेपछि जिल्लाका ११ विद्यालय निल भएको जिल्ला शिक्षा कार्यालय खोटाङले जनाएको छ ।
यस वर्षको एसएलसी परिक्षामा खोटाङका लगातार दोश्रो पटक ४ वटासहित ११ विद्यालय निल भएका छन् । एसएलसी परीक्षामा एक जना पनि विद्यार्थी उत्तीर्ण गराउन नसकेपछि जिल्लाका ११ विद्यालय निल भएको जिल्ला शिक्षा कार्यालय खोटाङले जनाएको छ ।
सुक्रबार सार्वजनिक भएको नतिजा अनुशार पञ्चकन्या माबि पौवासेरा, बालकन्या माबि फाक्टाङ, सप्तकन्य माबि चिप्रीङ, सिद्धेश्वरी माबि खिदिमा, जालपा माबि नुनथला, जनता माबि सल्ले, ज्योती माबि राजापानी, सरस्वति माबि पाथेका, सुर्य माबि सुङ्देल, शुक्रजित माबि खार्ताम्छा र थर्पुडाँडा माबि सप्तेश्वर निल भएका हुन् ।
सिद्धेश्वरी मावि खिदीमा, सरस्वती मावि पाथेका, शुक्रजीत मावि खार्तम्छा र सूर्य मावि सुङ्देलले लगातार दोश्रो पटक पनि निल खाएका हुन् ।
यस वर्ष जिल्लाका ९० वटा माबिका ४ हजार ३१ जनामध्ये ४८५ परिक्षार्थी उत्तिर्ण भएको जिल्ला शिक्षा कार्यालय खोटाङका शाखा अधिकृत मीनबहादुर थापाले बताउनुभयो । गत वर्षको एसएलसी परीक्षामा जिल्लाका १५ वटा माविले निल खाएका थिए ।
शिक्षाका अनुशार गत वर्षको तुलनामा यस वर्ष जिल्लाको उत्तिर्ण दर समेत घटेको छ । गत वर्ष १८.४६ प्रतिशत विद्यार्थी उत्तिर्ण भएको जिल्लामा यस वर्ष घटेर १२.५ प्रतिशत परिक्षार्थी उत्तिर्ण भएका छन् ।
यसपल्ट दिक्तेल बोर्डिङ स्कुलका ८ जना र माउण्ट एभरेष्ट बोर्डिङ स्कुलका एक जना परिक्षार्थीले बिशिष्ट श्रेणीमा एसएलसि उत्तिर्ण गरेका छन् । यस्तै, ११९ जनाले प्रथम, ३३१ जनाले दोश्रो र २६ जनाले तेश्रो श्रेणीमा उत्तिर्ण गरेको कार्यालयले जनाएको छ ।
परीक्षा प्रणालीमा गरिएको सुधार, मर्यादित परिक्षा, अनियमितता नियन्त्रण लगायतका कारण उत्तिर्ण दरमा कमी आएको शाखा अधिकृत थापाको भनाई छ । पठन–पाठनमा शिक्षकको कम ध्यान जानु र विद्यार्थीको कम सक्रियताका कारण पनि कमजोर नतिजा आएको उहाँको भनाई छ ।
कार्यालयका अनुशार २०६६ सालमा ६८ प्रतिशत, २०६७ मा ३८ प्रतिशत, २०६८ मा १९.४५ प्रतिशत र २०६९ मा १८.४६ प्रतिशत परिक्षर्थी उत्तिर्ण भएका थिए ।