असार–२, जिल्लास्थित एक सेवाग्राहीलाई जबरजस्ती करणी गर्न खोज्ने खरिदार धरौटीमा छुटेका छन् । दिक्तेल नगरपालिकास्थित स्थानीय लाक्पा होटलमा लगेर जबरजस्ती करणी गर्न खोज्ने जिल्ला प्रशासन कार्यालय खोटाङमा कार्यरत खरिदार कर्णाखर आचार्य ४० हजार रुपैयाँ धरौटी बुझाएर छुटेका हुन् ।
गत जेठ–५ गते राहदानी बनाउन जिल्ला प्रशासन आएका महिला सेवाग्रालाई उनले कार्यालय समयमै होटलमा लगेर जबरजस्ती बलात्कार प्रयास गरेका थिए । पीडित महिलाले दिएको उजुरीको आधारमा अनुसन्धान गर्दा उनीमाथि करणी नभएकाले आचार्यलाई अदालतले धरौटीमा रिहा गरेको प्रहरीले जनाएको छ ।
धरौटी बुझाएर रिहा भएका आचार्य कार्यालयमा हाजिर भने, भएका छैनन् । उनी मादक पदार्थ सेवन गरेको अवस्थामा पटक–पटक पक्राउ पर्ने गरेका थिए ।