असार–३, गाविस सचिव गाउँ नगएपछि खोटाङका सेवाग्राही मारमा परेका छन् । सदरमुकाम केन्द्रित सचिवहरुलाई पटक–पटक गाउँ जान निर्देशन दिइएपनि नगएपछि सेवाग्राही मर्कामा परेका हुन् ।
सचिव गाउँ नगएपछि नागरिकता, जन्म दर्ता, मृत्यु दर्ता, विवाह दर्ता, बसाई सराई लगायतका सिफारिस लिने काममा बाधा पुगेको सेवाग्राहीको भनाइ छ । गाउ“मा सचिव नबसेपछि तीन दिन लगाएर सचिव खोज्दै सदरमुकाम धाउनु पर्ने अवस्था रहेको सेवाग्राहीहरुले गुनासो गरेका छन् ।
गाविस सचिव सदरमुकाममा सम्पर्क कार्यालय खोलेरै बसेपछि सेवाग्राही सदरमुकाम धाउन बाध्य भएका हुन् । सदरमुकाममा कार्यालय खोलेरै बसे पनि सम्बन्धित निकायले चासो नदिएको फेदीका ज्ञानकुमार राईले बताउनुभयो । राखावाङ्देलका गाविस सचिव गाउँ नजाँदा काम खड्किएको स्थानीय कालिका बालविकास माविका प्रधानाध्यापक रमेश राईले बताउनुभयो । उहाँले भन्नुभयो,–‘गाउ“ शिक्षा समितिका अध्यक्ष समेत रहेका सचिव गाउ“ आउदैनन्, यसप्रति कसैले चासो नदेखाउ“दा समस्या हुने गरेको छ ।’
गाविस सचिवहरुलाई पटक–पटक सम्बन्धित गाविस पठाउ“दा समेत नटेरेको स्थानीय विकास अधिकारी युवराज अधिकारीले बताउनुभयो । उहाँले भन्नुभयो,–‘अब पनि अटेर गरे कडाई गर्नेछु ।’ गाविस सचिव हकहित संरक्षण मञ्च खोटाङका अध्यक्ष रमेश आचार्यले गाविस सचिवको जिम्मेवारी धेरै भएकाले गाउ“मा भन्दा सदरमुकाम केन्द्रित हुनु परेको जानकारी गराउनुभयो । उहाँले भन्नुभयो,–‘सबै काम सदरमुकाममै हुन्छ, त्यसैले गाउँ नगएको हो ।’
यसप्रति नेकपा एमालेका जिल्ला अध्यक्ष बबि चाम्लिङले भने गाविस सचिव सम्बन्धित गाविस नजाँदा जनताले धेरै दुःख पाएको बताउनुभयो । उहाँले भन्नुभयो,–‘सम्बन्धित गाविसमा खटिएका सचिव अनिवार्य गाउँ जानु पर्छ, कारणबस गाउ“ छाड्न परे दलका प्रतिनिधिसँगको सल्लाह र सहकार्य काम गर्न सकिन्छ ।’
गाविस सचिवहरू गाउ“ नजा“दा सर्वसाधारणले पाएको दुःखको विषयमा सम्बन्धित कार्यालयका अधिकारीले चासो नदिएको एकीकृत नेकपा माओवादीका जिल्ला कोषाध्यक्ष सुरेश राईले गाउ“ गएर काम गर्नु पर्ने बताउनुभयो । राईले भन्नुभयो–‘कुनै सचिवले दोहोरो गाविसको जिम्मेवारी पाएका छन्, कतिले जिम्मेवारी नै पाएका छैनन् । यसप्रति पनि सम्बन्धित कार्यालयका अधिकारीले व्यवस्थापन गर्नु पर्छ ।’
यसबारे प्रमुख जिल्ला अधिकारी गोविन्द सापकोटाले तत्काल गाविस सचिव सम्बन्धित गाविस पठाउ“ने बारेमा एलडीओसँग छलफल गर्ने बताउनुभएको छ । उहाँले भन्नुभयो,–‘गाविस सचिवहरु जनताको कामप्रति जिम्मेवार बन्नु पर्छ ।’