खोटाङ, असार २०– खोटाङको बाम्राङमा एकैसाथ बर्थिङ सेन्टर र शहरी स्वास्थ्य केन्द्र स्थापना गरिएको छ । सर्वसाधारणको स्वास्थ्यमा पहुँच बिस्तारका लागि बुधबार एकैसाथ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङमा बर्थिङ सेन्टर र शहरी स्वास्थ्य केन्द्र स्थापना गरिएको हो । 
स्वास्थ्यचौकी बाम्राङमा स्थापना गरिएको बर्थिङ सेन्टर र बाम्राङको रातामाटामा स्थापना गरिएको शहरी स्वास्थ्य केन्द्र बुधबार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दिपनारायण रिजालले उद्घाटन गर्नुभएको हो । ‘एक वडा एक बर्थिङ सेन्टर’ स्थापना गर्ने अभियानकाक्रममा बाम्राङमा बर्थिङ सेन्टर स्थापना गरिएको नगरपालिकाले जनाएको छ । आमा र बच्चालाई अकालमा मृत्यु हुनबाट जोगाउनका लागि बर्थिङ सेन्टर उपयोगी हुनेमा स्थानीय उत्साहित बनेका छन् । 
गर्भवती महिलाई सुत्केरी गराउनका लागि जिल्ला अस्पताल वा जिल्ला बाहिरका अस्पतालमा जानुपर्ने बाध्यता अन्त्याका लागि बर्थिङ सेन्टर स्थापना गरिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङका वडाध्यक्ष ललितकुमार राईले बताउनुभयो । यस्तै, एक जना अहेव र एक जना अनमी, औषधि, उपकरण लगायतको व्यवस्था सहितको स्वास्थ्य सेवा सुरु गरिएको जिल्ला स्वास्थ्य कार्यालय खोटाङका प्रमुख डा. रामबहादुर केसीले बताउनुभयो । 
कार्यक्रममा बर्थिङ सेन्टर स्थापनाकाक्रममा योगदान पु¥याउने वनहर्टका जिल्ला संयोजक सुर्य उप्रेती, चन्दादाता लगायतलाई सम्मान गरिएको छ ।