हाल जिल्लामा प्रवाह भइरहेको ११ केभीको विद्युतलाई ३३ केभी बनाउनका लागि गत जेठ–४ गतेदेखि सुरु गरिएको काम वर्षाका कारण रोकिएको नेपाल विद्युत प्राधिकरण शाखा खोटाङका प्रमुख ध्रुवकुमार बिसीले बताउनुभयो । वर्षाका कारण कार्यस्थलसम्म तार, पोल, डिस्क पिन लगायतका सामग्री पु¥याउन नसकिएपछि प्रशारण लाईन ‘अपग्रेड’का काम बन्द गर्नुपर्ने अवस्था आएको प्राधिकरण शाखाले जनाएको छ ।
वर्षाको बेला पर्ने चट्याङका कारण विद्युतको तारमा प्रवाह हुने करेन्टबाट कामदारहरु आतंकित बनेपछि पनि काम प्रभावित भएको कार्यालय प्रमुख बिसीको भनाइ छ । वर्षा कम नभएसम्म र चट्याङ पर्न नछाडेसम्मका लागि काम अवरुद्ध हुने जनाइएको छ ।
हालसम्ममा उदयपुरको सदरमुकाम गाईघाटबाट छामलिङसम्मको प्रशारण लाइन ‘अपग्रेड’का काम पूरा भइसकेको प्राधिकरणले जनाएको छ । माथिल्लो सगरमाथाका खोटाङ, ओखलढुङ्गा र सोलुखुम्वुमा विद्युत विस्तार गर्ने उद्देश्यकासाथ ११ केभीलाई ३३ केभीको बनाउने काम शुरु गरिएको हो ।