असार–२६, खोटाङमा दुई दिनदेखि विद्यूत अवरुद्ध भएको छ । वर्षादको पानीसँगै गएको पहिरोले पोल बगाएपछि जिल्लामा विद्यूत अवरुद्ध भएको हो ।
बुधबार दिउसो गएको पहिरोले उदयपुरको चिसापनी भन्ने ठाउँमा चारवटा पोल बगाएपछि अवरुद्ध विद्यूत सञ्चालनमा ल्याउन केही दिन लाग्ने विद्यूत प्राधिकरण खोटाङका शाखाका प्रमुख ध्रुबकुमार बिसीले बताउनुभयो । उहाँले भन्नुभयो,–‘पहिरोले धेरै क्षति पु¥याएको छ, सामान ल्याएर जडान गर्नासाथ सञ्चालनमा ल्याउछौं ।’
जिल्लामा सञ्चालित ११ केभी प्रशारण लाईनको विद्यूत अवरुद्ध भएपछि खोटाङको ३८ गाविसका सर्वसाधारण अन्धकारमा बस्न बाध्य भएका छन् । विद्यूत अवरुद्धले जिल्लामा सञ्चालित सञ्चार माध्य सञ्चारकर्मी समस्यामा परेका छन् ।
यसैबीच, विद्यूत अवरुद्ध भएको मौका पारेर जिल्लामा सञ्चालित फोटो स्टुडियो तथा फोटोकपी सेन्टर सञ्चालकले चर्को शुल्क लिन थालेपछि सर्वसाधारण मर्कामा परेका छन् ।
विद्यूत सञ्चालन हुँदा साँढे दुई रुपैयाँमा हुने एकप्रति फोटोकपीबाट पाँच रुपैयाँ र ५० रुपैयाँमा खिचिने फोटोबाट सय रुपैयाँ लिन थालेपछि सर्वसाधारण मर्कामा परेका हुन् ।