लाल कुमार राई

अपडेटः 
साउन ८ । सेखुवालाई नमूना गाउँ बनाउन एक लाख भन्दा माथि सहयोग गर्ने दुई जना पुग्नु भएको छ ।

सेखुवामा जन्मिएर हाल हङकङमा रहनु भएका लाल कुमार राईले १ लाख १ हजार सहयोगको घोषणा गर्नु भएको हो । यस्तै पछिल्लो पटक दिनेश राई (मलेसिया) बाट १० हजार र श्याम कुमार राई (मलेसिया) ले २० हजार ५ सय सहयोगको घोषणा गर्नु भएको छ ।

यो सँगै नमूना गाउँ अभियान अन्तर्गत ५ लाख ९८ हजार ५ सय पुगेको छ ।  सहयोग जुट्ने क्रम जारी रहेको अभियानकर्ताहरुले जानकारी दिएका छन् ।   
      ………………………..


        सिंगराज राई

साउन । खोटाङको च्यानडाँडास्थित सेखुवालाई देशकै नमूना गाउँ बनाउन जुटेका सेखुवालीको अभियान अन्तर्गत एकै जनाबाट एक लाख सहयोग जुटेको छ ।

सेखुवामा जन्मिएर हाल युकेमा रहनु हुने सिंगराज राईले नमूना गाउँ बनाउने अभियानका लागि १ लाख दिने घोषणा गर्नु भएको हो ।
यो सँगै सेखुवा गाउँलाई नमूना गाउँ बनाउनका लागि एक हप्तामा नै चार लाख ६७ हजार जुटेको छ । संसारभर छरिएर रहेका सेखुवालीहरुबाट सहयोग आउने क्रम जारी रहेको अभियानकर्ता सन्तोष राई र राज राईले हाम्रो खोटाङलाई जानकारी दिनुभयो ।
हालसम्म सहयोग गर्नेहरुको नामावली यस्तो छः
लाल कुमार राई १ लाख १ हजार (हङकङ)
सिंहराज राई १ लाख (युके)
सन्तोष राई ५० हजार (द.कोरिया)
राजकुमार राई ५० हजार (द.कोरिया)
डम्बर बुढाथोकी ५० हजार (द.कोरिया)
इन्द्रदेव राई ३० हजार (हङकङ)
तिर्तल सिंह राई ३० हजार (भारत)
ध्रुव राई २५ हजार (युएई)
श्याम कुमार राई  २० हजार ५ सय (मलेसिया)
नवराज राई २० हजार (मलेसिया)
अनिल कालिकोटे २० हजार (कतार)
कुमार कालिकोटे २० हजार (कतार)
विरेन्द्र बुढाथोकी २० हजार (मलेसिया) 
देव चाम्लिंग १५ (काठमाडौ)
शशी राई १० हजार (मलेसिया) 
बिनोद राई १० हजार (मलेसिया)
 दिनेश राई  १० हजार (मलेसिया) 
सावित्रा रोका ६ हजार (सेखुवा)
रमेश राई ६ हजार (कतार) 
मोहन राई ५ हजार (मलेसिया)