साउन–३०, नेकपा एमाले खोटाङले जिल्लाका पहिरो पीडितको उद्धार तथा राहत व्यवस्थापनमा लाग्न आफ्ना नेता तथा कार्यकर्तालाई निर्देशन दिएको छ । केही दिनयता परेको अबिरल वर्षाका कारण गएको पहिरोले बिस्थापित बनेका सर्वसाधारणको उद्धार गर्दै राहत व्यवस्थापनमा जुट्न एमालेले आफ्ना कार्यकर्तालाई निर्देशन दिएको हो । 
एमाले खोटाङका उप–सचिव रामप्रसाद दंगालले विज्ञप्तीमार्फत पहिरोले बिपत्ती निम्त्याएको क्षेत्रका आफ्ना कार्यकर्तालाई एकजुट बनेर पहिरो पिडित परिवारको उद्धार तथा उनीहरुलाई राहतको व्यवस्था मिलाउनमा सहभागी बन्न निर्देशन दिनुभएको हो । पहिरोले पु¥याएको जनधनको क्षतीप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाउँदै एमालेले पहिरोले क्षती पु¥याएका घर परिवारलाई यथाशिघ्र राहतको व्यवस्था मिलाउन र बिस्थापित बनेका परिवारलाई तत्काल पुःर्नबासको व्यवस्था मिलाउन सबैसँग आग्रह गरेको छ । 
एमालेले पहिरोले ध्वस्त बनाएको फेदी–५ स्थित ३९ किलोवाटको पञ्चमी छमुवा खोला लघुजलबिद्युत आयोजना, फेदी–३ को ४० किलोवाट क्षमताको नोक्ती तापखोला लघुजलविद्युत आयोजना र पाथेकाको नाखाम खोला जघुजलविद्युत आयोजनालाई मर्मत गरी पुनः सञ्चालनमा ल्याउन माग गरेको छ । 
यस्तै, एमालेले बिहिबार गएको पहिरोले घर किच्दा घाइते बनेकी जालपा–४ की असारी बिश्वकर्माको उपचारको व्यवस्था मिलाउन सरकार सँग माग गरेको छ । निम्न आर्थिक स्तर भएकी बिश्वकर्माको पहिरोले किचेर दायाँ खुट्टा भाँचिएको छ । प्रशासनका अनुसार मंगलबार यता गएको पहिरोले फेदी–२ का ६ घर परिवार, फेदी–५ का ५ घर परिवार, बाँसपानी–१ का ६ घरपरिवार, दोर्पाचिउरीडाँडा–७ का २ घर परिवार तथा खार्मी र पाथेकाका एक÷एक घर परिवार बिस्थापित भएका छन् । बिस्थापितलाई गाविस र विद्यालयमा राखिएको प्रमुख जिल्ला अधिकारी गोबिन्द सापकोटाले बताउनुभयो ।