भदौ–६ । खोटाङमा एक वृद्धा मृत भेटिएकी छन् । जिल्लाको उत्तरी गाविस बाक्सिला–२ की ५२ वर्षीया होमकुमारी अधिकारी शुक्रबार बिहान मृत भेटिएकी हुन् ।
माक्पा–९ स्थित रावाखोला किनारमा स्थानीयबासीले मृत वृद्धाको शव भेटेपछि प्रहरीलाई खबर गरेका थिए । सामान्य विवादमा घर छाडेकी उनले खोलामा हामफालेर आत्महत्या गरेको हुन सक्ने प्रहरीले जनाएको छ ।
। उनको शव सडिएको अवस्थामा फेला परेकाले पहिचानपछि आफन्तले जिम्मा लिएर दाहसंस्कार गरेको प्रहरीले जनाएको छ । गत साउन–२९ गते बिहान घरबाट हिँडेकी उनले सोही दिन आत्महत्या गरेको हुन सक्ने प्रहरीको अनुमान छ ।