भदौ–१२, आगलागीमा परी खोटाङमा एक घर जल्दा तीन लाख बढिको क्षति भएको छ । जिल्लाको दोर्पाचिउरीडाँडा–७ का तुलसीप्रसाद विश्वकर्माको दुई तले घर र घरमा भएका बन्दोबस्तीका सम्पूर्ण सामाग्री जल्दा तीन लाख बढिको क्षति भएको हो । 
दाउरा सुकाउनेक्रममा चुल्होबाट सल्किएको आगोले विश्वकर्माको घर तथा घरमा भएका अन्नपात, लत्ताकपडा, काठपात लगायत जलेर सखाप भएको प्रहरीले जनाएको छ । बुधबार बिहान करिब १ः०० बजेतिर लागेको आगो स्थानीयबासीले नियन्त्रणमा लिएको पीडित परिवारको भनाइ छ । 
घर जलेपछि बिचल्ली बनेका विश्वकर्मा परिवार स्थानीयकोमा आश्रय लिएर बसिरहेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । पीडित परिवारलाई राहत दिलाउनका लागि सम्बन्धित निकायमा सिफारिस गरिएको प्रहरीले जनाएको छ ।