भदौ–१२ । जिल्लामा एउटा हात नभएको शिशु जन्मिएको छ । मोरङ घर भइ हाल दिक्तेल नगरपालीका–६ बस्दै आएकी अञ्जली तामाङको कोखबाट दाहिने हात नभएको शिशु जन्मिएको हो ।
जिल्ला अस्पताल खोटाङमा जन्मिएको शिशुको कुहिनादेखि उधोको भाग नभएको पारीवारिक श्रोतले जनाएको छ । गर्भावस्थामा आमाले धुम्रपान गरेकाले यस्तो भएको हुन सक्ने जिल्ला अस्पताल खोटाङका डाक्टर पुजन वल्लले बताउनुभएको छ ।
शिशुको अवस्था सामान्य रहेको अस्पताल श्रोतले जनाएको छ । तामाङको पहिलो सन्तान अढाइ वर्षकी छोरी छन् ।