उमेश शेरालुङ्ग|
सउल, दक्षिण कोरिया । कोरियाको
प्रमुख चाड छुसकको अवसरमा खोटाङ्ग सेवा समाज द.कोरियाले आयोजना गरेको
खोटाङ्ग–हलेसी सांगीतिक सौगात भाग ३ सफलतापूर्वक सम्पन्न गरेको छ । 
सउलको
तोङ्ग्देमुनमा सेप्टेम्बर ८ का दिन कार्यक्रमको आयोजना गरिएको थियो ।
“खोटाङ्ग सेवा समाज द–कोरियाको चाहाना, खोटाङ्गको स्वास्थ्य क्षेत्रमा
सहयोग गर्ने भावना” र “राष्ट्र निर्माणमा तपाई हाम्रो साझा अभियान” भन्ने
नाराका साथ आयोजित कार्यक्रममा कोरियाका विभिन्न शहरहरुबाट उल्लेखनिय
संख्यामा दर्शकहरुको उपस्थिति रहेको थियो ।

नेपाली सांगीतिक आकाशका
सदाबहार भर्सटाईल गायक राजेश पायल राईले आफ्ना चर्चित गितहरु गाएर
दर्शकहरुलाई भरपुर मनोरन्जन दिएका थिए । त्यसैगरी चर्चित गायक प्रमोद खरेल
सँगै गायिका मिलन अमात्य र कोमल वलीको प्रस्तुति पनि बेजोड रहेको थियो ।
चर्चित नायिका प्रियंका कार्कीले मलाई छोएन यो बैसले भन्ने गीतमा नृत्य
गरेर दर्शक को मन लोभ्याएका थिएl साथमा गायक राजेश राई, गायिका तयाँहाङ्मा
राई, युवा गायक रेवत राई र गायिका शमलाई राईका प्रस्तुतिहरुले पनि दर्शकलाई
भरपुर मनोरन्जन दिन सफल भएको थियो ।

सानै उमेरमा एउटा खुट्टा गुमाएर
शारीरिक रुपमा असक्त भए पनि  आफुलाई कहिले कमजोर नसोच्ने सुमुधुर स्वरकी
धनी शमला राईले काठमान्डौ हुदै आउनु है कोरिया शहर भन्दै दर्शकलाई नचाएकी
थिईन | उनलाई कोरियामा रहेका नेपालीहरुले अठार लाख सत्तरी हजार वन सहयोग
पनि गरेका थिए |

कार्यक्रममा स्थानीय कलाकाररु अन्जु, मिना,
सन्ध्याको नृत्य, भर्खरै ‘तिमिलाई दिऊँला जाली रुमाल…’ बोलको म्युजिक
भिडियो सहितको गित निकालेर चर्चामा आएका गायक अशोक थुलुङ्ग र सुनाखरी
सांगीतिक समुह, क्षितिज फ्युजन ग्रुपको पनि बेजोड प्रस्तुति रहेको थियो ।