समुदायसँगको सहकार्यमा धामीझाँक्रीहरु प्रत्यक्ष जोडिने भएकाले उनीहरुलाई तालिम दिइएको नेत्रज्योति संघ खोटाङका सभापति पुष्पशंकर विश्वकर्माले बताउनुभयो । उहाँले भन्नुभयो, ‘धामीझाँक्रीहरुले आँखाका गम्भिर किसिमका बिरामीहरुलाई समेत सञ्चो बनाउँछु भन्दै झारफुक गरेको भेटियो, त्यही भएर उनीहरुमार्फत अस्पतालसम्म ल्याएर उपचार गराउने वातावरण मिलाउन तालिम दिइएको हो ।’
सदरमुकाम दिक्तेलस्थित केशव होटलमा आयोजना गरिएको तालिममा जिल्लाका २० जना धामीझाँक्रीको उपस्थिति रहेको प्राथमिक आँखा उपचार केन्द्र दिक्तेलका प्रमुख हरिहर श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो, ‘तालिममा सहभागी धामीझाँक्रीहरुले आँखाका बिरामीहरुलाई अस्पतालसम्म गएर उपचार गर्न सल्लाह दिने बताएका छन् ।’
पाँच दिने तालिमको सहजीकरण आँखा अस्पताल लहानका नेत्र अधिकृत रामानन्द विश्वकर्माले गर्नुभएको थियो । तालिममा प्राथकि तहका शिक्षक÷शिक्षीका र महिला स्वास्थ्य स्वयम् सेविकाको समेत सहभागिता रहेको थियो ।
तालिम समापनपछि पत्रकार सम्मेलनको आयोजना गरेर संघले ग्रामिण भेगका आँखा रोगीहरुका लागि राज्यले बेवास्ता गरेको आरोप लगाएको छ । संघले हरेक वर्ष आँखा शिविर सञ्चालन गर्दा समेत सरकारी सेवासुविधा प्राप्त नभएको संघका उपसभापति राजु लयालुले बताउनुभयो । उहाँले भन्नुभयो, ‘शिविर सञ्चालनका लागि सालैपिच्छे जिविस, गाविस लगायतलाई गुहा¥यौं तर, एक रुपैयाँ पनि सहयोग भएनँ ।’