खोटाङ । खोटाङको साकेला गाउँपालिकाले ३४ करोड ५६ लाख ८२ हजार ३१० रुपैयाँ बराबरको बजेट तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

गाउँपालिकाको शुक्रबार सम्पन्न १२ औं गाउँसभामा उपाध्यक्ष बिर्सिका राईले आर्थिक वर्ष २०७९/०८० का लागि चालुतर्फ ६ करोड ५७ लाख ४९ हजार ७३० र पुँजीगततर्फ पालिका स्तरिय योजना तथा कार्यक्रमका लागि ८ करोड ३९ लाख ८६ हजार रुपैयाँ बजेट विनियोजन गरेको जानकारी दिएकी छन्।

वडागत सिलिङतर्फ एकमुष्ठ १ करोड १५ लाख बिनियोजन गरिएको छ । यस्तै, सशर्ततर्फ १८ करोड ६ लाख ७९ हजार बिनियोजन गरिएको बजेट बक्तव्यमा उल्लेख छ।