
खोटाङ । खोटाङको दिप्रुङ चुईचुम्मा गाउपालिका वडा नम्बर २ डाडागाउ ओख्रेमा बैंकको शाखा स्थापना भएको छ ।
देश संघीयतामा गएसँगै हरेक स्थानीय तहमा बैंक पुग्नुपर्ने राष्ट्र बैंकको नियम अनुसार सानिमा बैकको शाखा स्थापना भएको हो ।
बैंकको शाखा कार्यालयको संघीय संसद अन्तर्गत प्रतिनिधिसभा सदस्य विशाल भट्टराईले उदघाटन गरेका थिए ।
गाउँपालिकाका बैंक पुगेसँगै स्थानीय खुसी देखिएका छन् भने अब आफ्नै गाउँपालिकामा बैंकिंग कारोबार हुने भएको छ ।