गाउँभन्दा बाहिरबाट आएकोे कुकुरको टोकाइबाट आइतवार घाइते भएका पाँचै जनाको जिल्ला अस्पताल उदयपुर गाइघाटमा लगेर उपचार भइरहेको छ । कुकुरले जथाभावी टोक्न टोक्दै हिडेपछि स्थानीयले कुकुरलाई मारि दिएको घाईते शिव खड्काले बताउनुभयो ।
यस्तै,सप्तेश्वर छितापोखरी–४ का हरीबहादुर पाण्डे र अनिसा खतिवडा पनि कुकुरको टोकाइबाट घाइते भएका छन् । घाइते दुवै जनाको जिल्ला अस्पताल दिक्तेलमा उपचार भइरहेको छ ।
घरमै बसीरहेका मान्छेलाई जथाभावी टोक्दै हिँड्ने कुकुरलाई स्थानीयले नियन्त्रणमा लिएर मारेको स्थानीय खगेन्द्र खतिवडाले बताउनुभयो । उहाँले भन्नुभयो, ‘घरमै बसीरहेका थियौ, आगानमा खेलीरहेकी छोरीलाई नचिनेको कुकुर आएर टोकेपछि हिर्काएर मारिदियौं ।’
खोटाङमा यसअघि जिल्लाका विभिन्न ठाउँमा बहुलाहा कुकुरको टोकाइबाट डेढ दर्जनबढि घाइते भएका थिए । यसप्रति सम्बन्धित निकायले चासो नदिएको स्थानीयको आरोप छ ।