छ नाति/नातीनासहित लालबहादुर (बाँया) । तस्बिर: देवराज राई

हाम्रो खोटाङ डटकम संवाददाता


कात्तिक ५ । खोटाङ मौवाबोटेका ती ७३ वर्षिय बुढा बाजे अनि ६ जना नातीनातिनाले यो खबर थाहा पाएपछि उनीहरुको निर्दोष ओठमा हाँसोले मिठास भर्नेछ । साना ती बाबुनानीहरुले अब पढ्न लेख्न पाइने भो भनेर खुसीले उफ्रिएलान् पनि ।

करिब तीन वर्षअघि रोजगारीका क्रममा विदेशमा नै बुवाको असमायिक निधन भयो, बुवाको निधनपछि आमा समेत गाउँकै एक युवकसँग हिडेपछि  खोटाङ मौवाबोटेमा ७३ वर्षिय वुद्ध लालबहादुर राईको भरमा ६ जना नातीनातिना बस्दै आएका छन् । 
कमजोर आर्थिक अवस्थाका कारण उनीहरु पूरै शिक्षा स्वास्थ्य मात्रै होइन गास बास कपासको समेत समस्यामा गुज्रिएको समाचार यसअघि हाम्रो खोटाङ डटकमले छापेको थियो ।

समाचार पढेपछि हाल हङकङमा रहेका किरण राईको सक्रियतामा १ लाख ८२ हजार ४ सय ३५ रुपैयाँ संकलन भएको हो । सहयोग रकम उठ्ने क्रम अझै जारी रहेको उहाँले बताउनु भएको छ ।

उक्त रकम नेपाल वाणिज्य बैंक किरात राई यायोख्खा चल्ली हिसाब नम्बर ४१६५ मा जम्मा गरिसकेको उनले बताउनु भयो ।

‘आज हङकङबाट मौवाबोटेका भाईबहिनीको लागि १ लाख ८२ हजार ४३५ राइयायोख्खा खोटाङको खातामा जम्मा गरियो’ उहाँले भन्नुभएको छ- ‘विश्वका अन्य मुलुकबाट हाम्रो यो सन्जालबाट सहयोग रकम आउने क्रम जारी छ ।’

बिचल्लीमा परेका बालबच्चाका लागि उद्धार गर्न अभियान चलाएका किरणले जेठी बहिनी बुझ्ने नहुँदासम्म फिक्स डिपोजिटमा राखेर ब्याजले भाई बहिनी तथा बाजेको लागि दैनिक उपभोग्य खर्च दिने र जेठी बहिनी बुझ्ने भएपछि एकमुष्ट रकम हस्तान्तरण गर्ने आफूहरुको योजना रहेको बताउनुहुन्छ । उनीहरुले कुनै व्यापार व्यवसाय वा वैदेशिक रोजगारीमा जान चाहेमा भने खर्च गर्न दिनु भनेर किरात राई यायोख्खासँग कुरा गरेको र त्यहीँ अनुसार उक्त रकम सञ्चालन होस् भन्ने आफूहरुको अपेक्षा रहेको उहाँ बताउनुहुन्छ ।

खोटाङका विभिन्न व्यक्तित्वहरु राज्यका विभिन्न निकायमा पुगेर पनि जिल्ला र जिल्लाबासीका लागि केही नगरेको गुनासो बढीरहेका बेला रोजगारीका लागि विदेशमा पुगेका नेपालीहरुले एक कमजोर आर्थिक अवस्थाको  खोटाङे परिवारको स्वास्थ्य शिक्षा तथा दैनिक जिवनयापनमा खर्च हुने उद्देश्यका साथ अभियान चलाउने अभियानकर्ता तथा सहयोगकर्ताहरु सम्पूर्ण खोटाङबासीको तर्फबाट धन्यवाद र नमुनाको पात्र बनेका छन् ।

मौवाबोटे ६ जनामध्ये जेठी बहिनी जुनाले आफूलाई विद्यालय जान रहर भएपनि बाध्यताले रोकेको बताउँदै आएकी छिन् । कलम, कापी, पोषाक लगायतका सामग्री जुटाउन नसक्दा भाइबहिनीलाई पनि स्कुल पठाउन गाह्रो भएको उनले बताएकी छन् ।

हङकङवासी नेपाली दाजुभाईको अभियानले जुना र उनका भाई बहिनाले शिक्षा लिन केही सहज हुने देखिएको छ ।

उनीहरु अध्ययनरत विद्यालयका अनुसार सुदिप (१२), सुनिल (१०), मुना (९), निलिख (८) र पुजना (६) नियमित पठनपाठनबाट बञ्चित भएका छने ।

दूधे भाइबहिनीको स्याहार गर्दै दिन बित्ने जुनाका बृद्व बाजे लालबहादुर अर्काको ज्यालादारी गरेर चुल्होका लागि सामान जुटाउने गर्छन् ।

कस्तो छ त उनीहरुको अवस्था ! पढ्न क्लिक गर्नुहोस् – बुबाआमा दुवै गुमाएपछि खोटाङमा छ बालबालिकाको बिचल्ली

सहयोगदाताहरुको विवरण 

1,भक्ती गोर्खाली $1000.00 पोखरा 
2, मिना खापुङ $350.00 तेह्रथुम 
3, सिर्जना लिम्बु $501.00 ताप्लेजुङ् 
4, प्रिती गुरुङ $151.00 रुपन्देही 
5, जमुना बाहिङ राइ $201.00 सोलुखुम्बु 
7, दुर्गा राइ $250.00 सुन्सरी
८ मारती थापा मगर $301.00 मोरङ
9, अमृता फुन्जेला $201.00 मोरङ 
10, संगत समुह बिद्या राइ मार्फत $1000.00 भोजपुर 
11, कुसुम लिम्बु $200.00 धरान 
12, तारा राइ 202.00 सुन्सरी 
13, बरध्वज अोख्राबु ताप्लेजुङ्
14, खिमा थापा $150.00 रुपन्देही 
15, खुशी राइ $200.00 काठमाण्डौ  
16, लाल सुच्चा राइ $200.00 भोजपुर 
17, मोहन राइ $100.00 काठमाण्डौ 
18, दुर्गा राई $100.00 काठमाण्डौ 
19, दिपा राइ $100.00 काठमाण्डौ 
20, दिपेश राइ $100.00 काठमाण्डौ 
21, शर्मिला राइ $100.00 काठमाण्डौ 
22, देवी दास राइ $500.00 खोटाङ 
23, अम्बिका राइ $201.00 खोटाङ 
25, सिता लिम्बु $100.00 धरान
26, तुलमाया गुरुङ $100.00 सन्खुवासभा  
27, डोल माया पुन मगर $100.00 पोखरा 
28, सुशिला मगर $50.00 मोरङ 
29, भिमा राइ $205.00 खोटाङ 
30, लक्ष्मी बान्तवा राई $120.00 भोजपुर 
31, रुद्र लोहरुङ $120.00 खादबारी 
32 न्यान्चो राइ $100.00 धरान 
33 मगेन राइ $201.00 भोजपुर 
34 कला लिम्बु $200.00 झापा 
35 सरुलिम्बु $300.00 धरान १० 
36 लक्ष्मी/रोहित किराती $300.00 सोलुखुम्बु
37 सुर्य सिंघक लिम्बु $578.00 तेह्रथुम 
38 मैतासरी राइ $100.00 खोटाङ  
39 हेमा राइ $100.00 खोटाङ 
40 माला राइ $210.00खोटाङ  
41 मन कुमार लिम्बु $200.00धरान  
42 सुदिप लिम्बु $200.00काठमाण्डौ  
43 कमल थापा $100.00पोखरा 
44 पुष्पा लिम्बु $110.00उर्लाबारी 
45 निकिसा राइ $110.00बेलबारी  
45 कमला गुरुङ $101.00पोखरा  
46 कोपिला राइ $102.00धरान 
47 सुनिता लिम्बु $106.00धरान  
48 सरु राइ $101.00काठमाण्डौ  
49 कला मगर$50.00 पोखरा  
50 श्याम लिम्बु$50.00 धरान  
51 भरत गुरुङ $101.00उर्लाबारी 
52 गंगा सुब्बा र धनु साम्पाङ राइ $150.00  
53 मातृदिप लोहोरुङ राई$२००।००(संखुवासभा)  
54 गायक बिनोद मेखु$100.00 (भोजपुर) 
55 दिपक राई$100.00 (खोटाङ)  
56 सागर लोहोरुङ राई$100.00 (संखुवासभा) 
57 मानस थापा($100.00 भैरहवा)  
58 मदन कन्दङवा$100.00 (बुट्टाबारी झापा )  
59 बिनय शाह$200.00 (काठमाडौ )  
60 पाम राज गुरुङ$100.00 ( काठमाडौं)  
61 दिलिप राई $100.00 (इटहरी) 
62 प्रबिन किशोर राई $100.00 (इलाम)  
63 सृजना पुन ओशिन$151.00 (काठमाडौ )  
64 शान्ता तमाङ$250.00 धरान
65 बालजित राइ Baljit Rai$500.00धरान 
66 बिकास देवान Bikash Dewanधरान 
67 चन्द्रा राइ Chanda Rai$120.00सोलुखुम्बु
68 निक गुरुङ $251 खोटाङ 
69 रुपा लिम्बु $101.00 
71 रिता राइ $55.00
72 भुपेन थापा मगर $300.00 सोलुखुम्बु
73 अन्जु बान्तवा राइ 501.00 भोजपुर 
आज सम्म जम्मा भएको जम्मा रकम $१३८७१।००
हङकङ डलर $५०.०० सर्भिस चार्ज बापत भुक्तान 
१ हङकङ डलर बराबर १३.२० नेपाली रुपैया 
१३८७१-५० = १३८२१ं१३.२०= नेरु १८२४३५.०० एकलाख बयासी हज्जार चार सय पैतिस रुपैया