खोटाङ, कार्तिक २७ । किरात राई चामलीङ खाम्बातिम खोटाङको तेश्रो अधिबेसन सम्पन्न भएको छ ।

धार्मिक तथा पर्यटकीय स्थल हलेसीमा सम्पन्न अधिबेसनले रामधन राईको अध्यक्षतामा १३ सदस्यीय खाम्बातिमको नयाँ कार्यसमिति गठन गरेको छ ।

खाम्बातिमको उपाध्यक्षमा कमानसिं राई, सचिवमा मिलनचन्द्र राई, सहसचिवमा मबिन्द्र राई र कोषाध्यक्षमा गीतामायाँ राई चयन हुनुभएको छ । दुई वा चार सदस्य पछि थप गरिने खम्बातिमले जनाएको छ । खाम्बातिमका केन्द्रीय सचिव शालिक सतासकले उद्घाटन गर्नुभएको अधिबेसन शनिबार र आईतबार सञचालन भएको थियो ।