कात्तिक । खोटाङमा जिल्लाव्यापी गायन प्रतियोगीता ‘भ्वइस अफ खोटाङ’ हुने भएको छ ।
गाउँ–गाउँमा लुकेर रहेका खोटाङ्गे गायन प्रतिभाहरुको पहिचान, संबर्धन र बिकास गर्ने उद्धेश्यकासाथ नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ खोटाङको आयोजनामा मंसिरमा ‘भ्वइस अफ खोटाङ’ हुने भएको हो ।
‘समतामुलक समाज निर्माणका लागि सांगीतिक अभियान’ भन्ने नाराका साथ गर्न लागिएको ‘भ्वइस अफ खोटाङ’का लागि खोटाङबजार, छितापोखरी, दिक्तेल, बुईपा, हलेसी, बाक्सिला र ऐसेलुखर्कमा पहिलो चरणको अडिसन गरिने संघका सचिव दिपक ठटालले बताउनुभयो ।
जिल्लाको सात स्थानमा गरिने छनौट चरणपछि सदरमुकाम दिक्तेलमा फाइनल अडिसन गरिने संघले जनाएको छ ।