मंसिर १ । खोटाङको उत्तरी गाबिस पाथेकामा पहिलोपल्ट यात्रुबाहक सवारी साधन पुगेको छ । सदरमुकाम दिक्तेल र उत्तरी क्षेत्रका गाबिसलाई जोड्नेगरी केही वर्षअघि निर्माण गरिएको दिक्तेल–पाथेका सडक खण्ड अन्तरगत पाथेकामा शुक्रबार यात्रुबाहक बस पुगेको हो ।

 दिक्तेलबाट बस लिएर गएको यातायात व्यवसायीको टोलीले सडक मर्मत गर्दै पाथेकामा यात्रुबाहक सवारी साधन पु¥याएको हो ।

दिक्तेल–पाथेका सडक खण्डमा यात्रुबाहक सवारी साधनको सफल परिक्षण भएकाले प्रशासनको अनुगमन र अनुमतीमा आगामी मंसिर–२ गतेदेखि नियमित बस सञ्चालनमा ल्याइने बस व्यवसायी संघका जिल्ला संयोजक गोपाल श्रेष्ठले जानकारी दिनुभयो ।

 दिक्तेल, पाथेका हुँदै फेदी, खार्ताम्छा पुग्ने सो सडकमा ट्रक, ट्रयाक्टर र मोटरबाइक मात्र सञ्चालनमा रहेको छ ।