मंसिर १० । खोटाङमा बिरामीको उपचार गर्ने क्रममा आफै बिरामी बनेर ज्यान गुमाएका स्वास्थ्य चौकी रतन्छाका अहेव रामदत्त राईको सम्झनामा शोकसभा गरिएको छ ।
बिरामीको उपचारका लागि रतन्छा–२ मबु पुग्दा बिरामी बनेर ज्यान गुमाएका अहेव राईको सम्झनामा स्थानीय स्वास्थ्य सहयोग समितिले शोकसभा गरेको हो । शोकसभामा सहभागीले अहेव राईले गाउँमा स्वस्थ्य सेवामा पु¥याएको योगदानको विषयमा चर्चा गरेका छन् ।
पुर्वगाबिस अध्यक्ष सनबहादुर राई, स्वास्थ्यचौकी रतन्छाका इन्चार्ज शुभनारायण यादव लगायतले सेवाकैक्रममा भएको अहेव राईको मृत्युले गाउँलाई अपुरनीय क्षती पुगेको उल्लेख गरे । कार्यक्रममा दिदी इन्दिरा राईले मृतक अहेवको पारिवारिक पृष्ठभुमीको विषयमा जानकारी दिइन् । कार्यक्रम स्थानीय स्वास्थ्य सहयोग समितिका अध्यक्ष कबिराज राईको सभापतित्वमा सम्पन्न भएको थियो ।
बिरामीको उपचार गर्न जाँदा सिकिस्त बिरामी परेर फर्किएका रतन्छा–५ का ५७ वर्षीय अहेवको मंगलबार बिहान मृत्यु भएको थियो । मबुबाट बोकेर घरमा ल्याइएका अहेव राई मंगलबार बिहान चर्पी छेउमा मृत भेटिएका थिए । पेट सुन्निने, श्वास फेर्न गा¥हो हुने, खकारमा रगत देखिएका अहेव राईको ‘फोक्सो’को समस्याका कारण ज्यान गएको अनुमान गरिएको स्वास्थ्यचौकी रतन्छाका इन्चार्ज यादवले बताए । स्थानीयले भने ‘प्रेसर’को समस्याका कारण राईको मृत्यु भएको अनुमान गरेका छन् ।