मंसिर–१० ।  आपसी विवादमा साथीको मुक्काबाट बेहोस बनेका खोटाङका एक व्यक्तिको ज्यान गएको छ । मादक पदार्थ सेवन गरेर बसिरहेको अवस्थामा भएको सामान्य विवादपछि मुक्का खाएका राजापानी–४ का ४१ वर्षीय धनबहादुर राईको ज्यान गएको । 
मंगलबार साँझ सँगै बसेर मादक पदार्थ सेवन गरेका बतासे–३ का ५० वर्षीय चन्द्रशेर राईको मुक्काबाट बेहोस बनेका धनबहादुरको उपचारका लागि उदयपुरको घाईघाट लानेक्रममा बाटैमा ज्यान गएको मृतकका आफन्तले जनाएको छ । आफन्तका अनुसार चन्द्रशेरको घरैमा भएको घटनापछि बेहोस बनेर ढलेका धनबहादुरको उपचारका लागि गाईघाट लैजानेक्रममा बुधबार भण्डारेघाटमा पु¥याएपछि ज्यान गएको हो ।
धनबहादुरको ज्यान गएपछि चन्द्रशेरलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका चन्द्रशेरलाई हिरासतमा राखेर कारबाही थालिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरीक्षक विनादराज खरेलले जानकारी दिनुभयो ।
मृतकको शव परीक्षणका लागि जिल्ला अस्पताल खोटाङ ल्याइएको छ । उनलाई सामान्य भनाभनमा चन्द्रशेरले एकै मुक्काले ढालेको प्रत्यक्षदर्शीले जनाएको छ ।