खोटाङ, मंसिर १० । खोटाङमा लाइसेन्स बीना ट्याक्टर चलाउने चालकलाई प्रहरीले पक्राउ गरेको छ ।
सदरमुकाम दिक्तेलमै बीना लाइसेन्स ट्याक्टर चलाइरहेको अवस्थामा बुधबार को १ त २२४१ नम्बरको ट्याक्टर चालक १९ वर्षीय प्रकाश राईलाई प्रहरीले पक्राउ गरेको हो । खानीडाँडाबाट रत्नपार्कतर्फ जाँदैगरेको अवस्थामा त्रिबेणीचोकबाट बीना लाइसेन्सका चालक र ट्याक्टरलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
प्रहरी नियन्त्रणमा रहेका चालकलाई चेतावनी स्वरुप २४ घण्टा नियन्त्रणमा राखेर छाडिने तर ट्याक्टरलाई ३÷४ दिन नियन्त्रणमा राखिने ट्राफिक प्रहरी सहायक निरिक्षक तेजबहादुर बस्नेतले बताउनुभयो ।