मंसिर–११ । स्थानीय एक युवतीलाई जबरजस्ती करणी गर्न खोजेको आरोपमा पक्राउ परेका प्रहरी सहायक निरीक्षक पुर्पक्षका लागि कारागार चलान भएका छन् ।
मानसिक सन्तुलन गुमाएकी एक १८ वर्षीया युवतीलाई जबरजस्ती करणी गर्न खोजेको आरोपमा पक्राउ परेका प्रहरी चौकी बाराहापोखरीमा कार्यरत प्रहरी सहायक निरीक्षक राजेन्द्रप्रसाद यादव पुर्पक्षका लागि कारागार चलान भएका हुन् ।
जिल्ला अदालत खोटाङको आदेशमा उनलाई पुर्पक्षका लागि थुनामा पठाइएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरीक्षक विनोदराज खरेलले बताउनुभयो । उहाँले भन्नुभयो, ‘उनले नेपाल प्रहरीको मर्यादा विपरित काम गरेकाले हदैसम्मको कारबाही हुने छ ।’
राती कोठामा सुतीरहेकी युवतीलाई कात्तिक–९ गते कोठामै गएर जबरजस्ती करणी गर्न खोजेपछि आफन्तले दिएको उजुरीको आधारमा उनलाई कात्तिक–१० गते पक्राउ गरिएको थियो । मिलको फित्ताले बेरेर मानसिक सन्तुलन गुमाएकी युवतीमाथि उनले जबरजस्ती करणी गर्न खोजेपछि चिच्याउँदा आफूहरुले थाहा पाएको आफन्तले जनाएको छ ।
यादवले जबरजस्ती करणी गर्न खोजेपछि युवती आफै किटानी जाहेरी दिन सदरमुकाम दिक्तेल आउनुभएको थियो । उनको अवस्था सामान्य रहेको पीडित युवतीको आफन्तले जनाएको छ ।