खोटाङ, मंसिर १४ । सुरक्षित आप्रबासन परियोजना सामीले खोटाङमा बैदेसिक रोजगार सम्वन्धीका मुद्धालाई गाउँ परिषदमै समाबेश गर्न पहल थालेको छ ।
बैदेसिक रोजगारलाई सुरक्षित र उपलव्धीमुलक बनाउन परियोजनाले सामाजिक परिचालक मार्फत बैदेसिक रोजगारका मुद्धालाई गाउँ परिषदमा समेत समाबेश गर्न पहल थालेको हो । बैदेसिक रोजगारीका मुद्धालाई गाउँ परिषद हुँदै जिल्ला परिषदसम्म पु¥याउनका लागि जिल्लामा पहिलोपल्ट पहल थालिएको परियोजनाका परामर्शकर्ता लोकमणी रिजालले बताए ।
बैदेसिक रोजगारका मुद्धालाई गाबिस स्तरमा समाबेश गर्नका लागि परियोजनाले सदरमुकाम दिक्तेलमा एलजिसिडिपीका सामाजिक परिचालकलाई सहभागी गराएर ‘सुरक्षित आप्रबासन’ सम्वन्धी दुई दिने अभिमुखीकरण गोष्ठीको आयोजना गरेको छ ।
‘अहिले हरेक परिवारका कोही न कोही बिदेश गएका छन्, बैदेसिक रोजगार सम्वन्धी समस्यहरु पनि उत्तिकै छन्,’ रिजालले भने, ‘ती समस्यहरुलाई सामाजिक परिचालकमार्फत गाउँ स्तरबाटै समाधान गर्ने प्रयत्न सुरु गरिएको हो ।’ अभिमुखीकरण गोष्ठीमा सहभागी सामाजिक परिचालकले बैदेसिक रोजगार सम्वन्धीका मुद्धालाई आगामी गाउँ परिषदमा प्रबेश गराउन पहल गर्ने परियोजनाले जनाएको छ ।
जिल्ला बिकास समितिका योजना अनुगमन तथा प्रशासकीय अधिकृत प्रकाश अधिकारीको सभापतित्वमा भएको अभिमुखीकरण गोष्ठी समापन कार्यक्रममा जनसेवा समाज नेपालका अध्यक्ष इमान राई, नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष दमन राई, रुपाकोट रेडियोका स्टेशन मेनेजर टंक थापा लगायतको उपस्थिति रहेको थियो ।