मंसिर–२९, नेपाली कांग्रेस खोटाङ क्षेत्रीय क्षेत्र नम्बर–२ ले आफुबिरुद्ध भ्रामक प्रचार गरिएको भन्दै बिरोध जनाएको छ । एमालेका स्थानीय नेताहरुले ‘कांग्रेस, राप्रपा नेपाल र संघीय समाजबादी पार्टी लिकुवापोखरीस्थित बिणा माबिलाई नयाँ भवन पार्ने पक्षमा नरहेको’ प्रचारबाजी गरेको भन्दै कांग्रेस क्षेत्रीय समितिले बिरोध जनाएको हो । सोमबार विज्ञाप्तीमार्फत सो प्रचारको खण्डन गर्दै कांग्रेस क्षेत्रीय समितिले भ्रामक अफवाहको बिश्वास नगर्न आग्रह गरेको छ । 
क्षेत्रीय समितिका सभापति तिर्थराज भट्टराईले जारी गरेको बिज्ञाप्तीमा सिधासाधा जनतामा भ्रम सिर्जना गरी अन्य दलको बिश्वसनीयता र दलबीचको सहकार्यमा खलल पु¥याउने कार्य नगर्न आग्रह गरिएको छ । ‘आर्थिक वर्ष २०७१÷०७२ का लागि बिणा माबिमा चार कोठे भवन दिलाउनका लागि सबै दलले सामुहिक पहल गर्ने प्रतिबद्धता गरिसकेका थियौँ,’ क्षेत्रीय सभापति भट्टराईले भने, ‘अहिले पनि हामी हाम्रो प्रतिबद्धतामा अडिग छौँ, तर एमालेका स्थानीय नेताहरुले हामीलाई नै बाधक भन्दै प्रचार गरिरहेको पाएका छौँ ।’ 
आफु २०४५ सालदेखि हालसम्म भवन नपरेको बिणा माबिका लागि नयाँ भवनको योजना पार्नेपक्षमा रहेकोे कांग्रेसले विज्ञाप्तीमा उल्लेख गरेको छ ।