पुस–२, खोटाङ सेवा समाज काठ्माडौंले खोटाङका ब्लड क्यान्सर पिडित युवकलाई ३५ लाख सहयोग गरेको छ ।
देश तथा बिदेशबाट सहयोग उठाएर समाजले बुईपा–९ का २४ वर्षीय ब्लड क्यान्सर बिरामी प्रमेश राईलाई ३५ लाख १ हजार ५ सय आर्थिक सहयोग गरेको हो । काठ्माडौंको बानेश्वरमा सोमबार साँझ एक कार्यक्रमको आयोजना गरी रगत क्यान्सरका बिरामी राईलाई सहयोग रकम हस्तान्तरण गरिएको खोटाङ सेवा समाज काठ्माडौंका सचिव बाजिन्द्र बिष्टले जानकारी दिए । नेपाल बाहेक समाजको यूके, ब्रुनाइ, हङकङ र सिंगापुर शाखामार्फत संकलन भएको रकम सोमबार समाजका अध्यक्ष राकेश राईले क्यान्सर पिडित राईलाई एकमुष्ट हस्तान्तरण गरेका छन् ।
भारतको राजीव गान्धी अस्पतालमा पु¥याएर बोनमेरो ट्रान्सप्लान्टका लागि आवश्यक ३२ लाख जुटाउन नसकेपछि समस्यामा परेका राईको उपचारका लागि देश तथा बिदेशमा अभियान चलाएर रकम संकलन गरिएको समाजले जनाएको छ ।
क्यान्सर पिडित राईको सहयोगार्थ नेपालमा ४२ हजार बिदेशबाट ३४ लाख ६० हजार रकम संकलन भएको सचिव बिष्टले जानकारी दिए । समाजका सल्लाहकार रहेका पुर्वप्रमुख जिल्ला अधिकारी सिताराम पोखरेल, पत्रकार महासंघका लेखा समिति संयोजक दिपक पाण्डे, पत्रकार गणेश राई लगायतको उपस्थितिमा सहयोग रकम हस्तान्तरण गरिएको हो ।