
पुस १० । नेकपा एमाले खोटाङ–काठमाडौं सम्पर्क मञ्चले आफ्ना गतिविधिलाई समेटेर खोटाङ सम्पर्क बुलेटिन प्रकाशन गरी बिहीबार सार्वजनिक गरेको छ ।
उक्त बुलेटिन राजधानीको मीन भवन क्याम्पसको सभाहलमा विशाल जनसहभागिता लोकार्पण कार्यक्रम गरिएको हो ।
सो कार्यक्रममा प्रमुख अतिथि नेकपा एमालेका केन्द्रीय उपाध्यक्ष भीम रावल रहेका थिए । त्यस्तै विशेष अतिथी नेकपा एमालेका केन्दीय सदस्य खगेन्द्र राई थिए । साथै अतिथीहरुमा सगरमाथा अञ्चल सम्पर्क कमिटी अध्यक्ष विरवलकाजी राई, सचिवालय सदस्य तथा इन्चार्ज गोपीकृष्ण खड्का, सचिवालय सदस्य तारानाथ दाहाल, युवासंघ नेपालका सचिव रमेश पौडेल, युवासंघ नेपालका प्रवक्ता प्रभात विक्रम कटवाल, सचिवालय सदस्य रमेश तिवारी, माननीय सभासद् चण्डी प्रसाद राई, शसस्त्र प्रहरी बलका पूर्व आइजीपी सनत बस्नेत, देवी राई लगायतका अतिथीहरुको उपस्थिती रहेको थियो ।

कार्यक्रममा भीम रावल, खगेन्द्र राई, देवविक्रम राई लगायत नेताहरुले बुलेटिनको प्रशंसा गरेका थिए ।