

बेलुकाको खाना खाएर सुतेका राई बिहान मृत फेला परेको सोही ठाउँमा कार्यरत तुलाराम तामाङले जानकारी दिनुभयो । दश महिनाअघि मलेसिया पुगेका राईको शव परीक्षणका लागि स्थानीय अस्पतालमा राखिएको छ ।
मलेसियाको जोहरबारुस्थित ईलेक्ट्रोनिक पम्पनीमा कार्यरत राई काठमाडौंको मोडेल ईन्टर प्राईजेज् कम्पनीबाट गत चैत्रमा मलेसिया पुगेका थिए । उनको के कारणले मृत्यु भएको हो भन्ने खुल्न बाँकी रहेको आफन्तले जनाएको छ ।