![Hamrokhotang](https://hamrokhotang.com/wp-content/uploads/2020/04/Hamrokhotang-696x418.jpg)
माघ-१, ‘भ्वइस अफ खोटाङ’को तेश्रो अडिसनका लागि ५७ प्रतियोगी प्रतिभा छानिएका छन् । आगामी पुस–११, १२ र १३ गते सदरमुकाम दिक्तेलमा आयोजन गरिने तेश्रो अडिसनका लागि गायनका ५७ जना प्रतिभा छनौट भएको ‘भ्वइस अफ खोटाङ’ आयोजक समितिका संयोजक दिपक ठटालले बताउनु भयो । गाउँ–गाउँमा लुकेर रहेका गायनका प्रतिभाहरुको पहिचान, संबर्धन र बिकास गर्ने उद्धेश्यकासाथ आयोजना गरिएको ‘भ्वइस अफ खोटाङ–२०७१’को दोश्रो अडिसनमा सहभागी १६५ जनामध्येबाट ५७ जनाले तेश्रो अडिसनका लागि प्रबेश कार्ड पाएका हुन् । पुस–२४ गते सुरु ‘भ्वइस अफ खोटाङ’को दोश्रो अडिसन बुधबार सम्पन्न भएको थियो ।
‘समतामुलक समाज निर्माणका लागि सांगीतिक अभियान’ भन्ने नाराका साथ नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ खोटाङको आयोजनामा ‘भ्वइस अफ खोटाङ’को आयोजना गरिएको हो । तेश्रो अडिसनबाट ४० जना, चौथो अडिसनबाट २० जना र पाँचौं अडिसनबाट १० जना छानेर प्रतिष्पर्धा गराइने ‘भ्वइस अफ खोटाङ’ आयोजक समितिका सचिव मिलन चाहारले बताउनु भयो । पाँचौं अडिसनबाट छानिएका टप टेनबीचमा प्रतिष्पर्धा गराएपछि प्रथम, दोश्रो र तेश्रो प्रतिभाको टुंगो लगाइने आयोजकले जनाएको छ । ‘पाँचौं चरणसम्म अडिसन गराएर दश जनालाई छान्ने छौँ,’ संयोजक ठटालले भन्नुभयो, ‘पुःन दश जनाबीचमा प्रतिष्पर्धा गराएर उत्कृष्ट प्रतिभाहरु छानिने छन् ।’
![]() |
दिक्तेलमा आयोजना गरिएको ‘भ्वइस अफ खोटाङ’को दोश्रो अडिसनमा गीत गाउँदै प्रतियोगी । |
‘भ्वइस अफ खोटाङ’को फाइनल अडिसनबाट छनौट गरिने स्वरका प्रथम, दोश्रो र तेश्रो बिजेतालाई नगद पुरस्कारका साथमा संगीत विद्यालयमा अध्यायन गर्ने र चलचित्रमा गीत गाउने अवशर समेत दिइने आयोजकले बताएको छ । । ‘गाउँ–गाउँमा लुकेर रहेका गायनका प्रतिभालाई उजागर गर्दै अवशर दिने हाम्रो मूख्य उद्धेश्य हो,’ ठटालले भने, ‘अवशर नपाइरहेका प्रतिभाको सफलताका लागि सही तरिका र सही समय सिर्जना गर्नु हामीले हाम्रो दायित्व सम्झेका छौँ ।’
बाक्सिला, ऐसेलुखर्क, लामीडाँडा, हलेसी, बुईपा, खोटाङबजार, दिक्तेल लगायत जिल्लाका मुख्या–मूख्या ९ केन्द्रमा सञ्चालन गरिएको पहिलो अडिसनमा सहभागी ७ सय प्रतिभामध्ये १६५ जना प्रतिभा दोश्रो अडिसनका लागि छनौट भएका थिए । बाक्सिलाबाट गत मंसिर–२४ गते सुरु गरिएको ‘भ्वइस अफ खोटाङ’को पहिलो अडिसन पुस–१८ गते शुक्रबार राती सदरमुकाम दिक्तेलमा आएर सम्पन्न भएको थियो ।