माघ–५, आगलागीमा घर तथा घरमा भएका सबै सामग्री जलेपछि खोटाङमा दुई परिवार बिचल्लीमा परेका छन् । गत पुस–१८ गते भएको आगलागीमा घर र घरभित्र राखिएका अन्नपात, लत्ताकपडा, भाँडाकुँडा लगायत नष्ट भएपछि चिप्रिङ–२ का शक्तिराज राई र उनको छोरा धनराज राईको परिवार बिचल्लीमा परेका हुन् । 
घरमा कोही नभएको समयमा भएको आगलागीबाट शक्तिराज राई र उनकी श्रीमती चन्द्रकुमारी राई बिस्थापित भएका छन् । यस्तै, बाबु शक्तिराजसँगै आँगन जोडिएको घरमा बसोबास गर्दै आएका छोरा धनराज, उनकी श्रीमती र चार महिनाको छोरा पनि छाप्रोमा बसिरहेका छन् । 
आगलागीमा घर जलेपछि खोटाङको चिप्रिङ–२ का शक्तिराज दम्पत्ती छाप्रोमा बस्न बाध्य भएका छन् । आगलागीमा परी राई दम्पतीको सबै सामाग्री जलेपछि छिमेकीले दिएको अन्नपात, लत्ताकपडा, भाँडाकुँडा प्रयोग गरेर जीवनयापन गर्न बाध्य छन् ।
आगलागीबाट सबै बन्दोबस्तीका सामान जलेपछि हाल राई परिवारले छिमेकीले दिएको अन्नपात, लत्ताकपडा प्रयोग गरेर जीवनयापन गरिरहेका छन् । चिसोका कारण वृद्ध दम्पत्तीलाई छाप्रोमा बस्न समस्या भएको गाविस सचिव बोलनाथ आचार्यले बताउनुभयो । 
आगलागीमा दुई घरको आठ लाख बराबरको धनमाल नष्ट भएको प्रहरीको अनुमान छ । “आगोमा भएभरका सम्पत्ती नाश भो” शक्तिराजले रुँदै भन्नुभयोे, “अब यत्तीका सम्पत्ती कहाँबाट जुटाउने हामीले ?”