माघ–१४, खोटाङको डुम्रेधारापानी र बाहुनीडाँडा गाबिसलाई एकैसाथ खुल्ला दिशामुक्त क्षेत्र घोषणा गरिएको छ । डुम्रेधारापानीका ४८१ घरपरिवार र बाहुनीडाँडाका ४१२ घरपरिवारमा वाटरसील चर्पीको निर्माण तथा प्रयोग सुरुभएपछि दुबै गाबिसलाई बुधबार खुल्ला दिशामुक्त क्षेत्र घोषणा गरिएको हो ।
खानेपानी सरसफाई सव–डिभिजन कार्यालय खोटाङका प्रमुख इन्जिनियर देबेन्द्रकुमार झाले डुम्रेधारापानीलाई जिल्लाको १२ औं तथा प्रमुख जिल्ला अधिकारी गोबिन्द सापकोटाले बाहुनीडाँडालाई १३ औं खुल्ला दिशामुक्त क्षेत्र घोषणा गर्नु भएको हो । खानेपानीको चर्को समस्यका बावजुद पनि बाहुनीडाँडालाई खुला दिशामुक्त घोषणा गर्न गाबिस सफल बनेको सामाजिक रिपोर्टर मुना राईले बताउनु भयो ।
यस्तै, बड्कादियाले–३ लाई पनि खुला दिशामुक्त वडा घोषणा गरिएको छ । वडाका २१ घरमा चर्पी निर्माण गरिएपछि समाजसेबी हरिबहादुर बुढाथोकीले खुला दिशामुक्त घोषणा गरेको सामाजिक परिचालक रोशन पौडेलले जानकारी दिनुभयो ।