संविधान सभा छाडेर निर्णायक आन्दोलन: गजुरेल

फागुन–२, एकीकृत नेकपा माओबादीका केन्द्रिय कोषाध्यक्ष हरिबोल गजुरेलले ३० दलीय मोर्चाले फागुन–१६ गते पछि संविधान सभा छाडेर निर्णायक आन्दोलन गर्ने चेतावनी दिनुभएको छ । रिपोर्टर्स क्लब नेपाल जिल्ला शाखा सोलुखुम्बुले शनिबार सल्लेरीमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा एमाओबादी नेता गजुरेलले सहमतिका लागि सत्तापक्ष लचक भएर विश्वासको वातावरण नवनाएसम्म कुनै हालतमा आन्दोलन नरोक्ने भन्दै माओबादीले संविधानको जस पाउने डरले काँग्रेस एमाले सहमति विथोल्न लागेको आरोप लगाउनु भयो । 
संविधान निर्माणको सवालमा काँग्रेस एमाले दुरदर्शी नभएको भन्दै बहुमतिय प्रकृयामा गए देशमा बहुआयामिक द्धन्द हुने भन्दै नेता गजुरेलले त्यस्तो अवस्थामा आफुहरुले समानान्तर संविधान सभा चलाउने चेतावनी दिनुभयो । नेता गजुरेलले अबको आन्दोलनको एजेण्डा सरकार परिवर्तन हुने र त्यो आन्दोलनले सरकार बढार्ने र आन्दोलनकै जगमा अर्को सरकार बन्ने खुलाशा गर्नुभयो । एमाले अध्यक्ष केपि ओली प्रतिगामी पात्र भएको भन्दै गजुरेलले देशि विदेशीको ईशासारामा माओबादी विरुद्ध खनिएको आरोप लागाउनु भयो । 
सत्ता पक्षसँग वार्ताको लागि अझै विश्वासनिय वातावरण नभएको भन्दै सहमतिमा संविधान बन्ने ग्यारेण्टि नभएसम्म बार्तामा बस्नुको औचित्य नहुने गजुरेलको तर्क थियो । बनिसकेको सहमति भत्काउन काँग्रेस एमाले उद्दत रहेको आरोप लगाउँदै सभाषद रहेका गजुरेलले पहिचान सहित संघियताबाट आफ्नो पार्टी पछि नहट्ने समेत जिकिर गर्नुभयो । 
अर्को प्रशंगमा नेता गजुरेलले अबको महाधिबेशनबाटै बाबुरामलाई नेतृत्व हस्तान्तरण गर्ने प्रष्ट पार्नुभयो । बाबुरामलाई नेतृत्व हस्तान्तरणमा ढिलाई हुँदा पार्टी भित्र धु्रविकरण बढेको स्विकार्दै नेता गजुरेलले प्रचण्ड जुनसुकै हालतमा नेतृत्व हस्तान्तरणको पक्षमा रहेको बताउनु भयो ।