फागुन–१३, जिल्ला विकास समिति खोटाङले ५० हजार राशीको विकास पत्रकारिता पुरस्कार स्थापना गरेको छ । जिल्लामा प्रतिष्पर्धी र विकासमैत्री पत्रकारितालाई बढावा दिने उद्देश्यले जिल्ला विकास समितिले ‘विकास पत्रकारिता पुरस्कार’ स्थापना गरेको हो ।
सूचना तथा सञ्चार क्षेत्रको क्षमता विकासमा सहयोग पु¥याउन आगामी वर्षदेखि हरेक वर्ष विकास पत्रकारिता पुरस्कार प्रदान गरिने जिल्ला विकास समितिले जनाएको छ ।
स्थानीय विकास अधिकारी महेन्द्रकुमार सापकोटाले बुधबार आयोजित खोटाङको २२ औं जिल्ला परिषदमा विकास पत्रकारिता पुरस्कार घोषणा गर्नुभएको हो ।