
फागुन–२३ र २४ गते सदरमुकाम दिक्तेलमा आयोजना गरिएको पाँचौं अडिसनबाट छानिएका टप टेनबीचमा प्रतिष्पर्धा गराएपछि प्रथम, दोश्रो र तेश्रो प्रतिभाको टुंगो लगाइने ‘भ्वइस अफ खोटाङ’ आयोजक समितिका सचिव मिलन चाहारले बताउनु भयो । ‘भ्वइस अफ खोटाङ’को फाइनल अडिसनबाट छनौट हुने स्वरका प्रथम, दोश्रो र तेश्रो बिजेतालाई नगद पुरस्कारका साथमा संगीत विद्यालयमा अध्यायन गर्ने र चलचित्रमा गीत गाउने अवशर समेत दिइने आयोजकले जनाएको छ । ‘गाउँ–गाउँमा लुकेर रहेका गायनका प्रतिभालाई उजागर गर्दै अवशर दिने हाम्रो मूख्य उद्धेश्य हो,’ संयोजक ठटालले भन्नुभयो, ‘अवशर नपाइरहेका प्रतिभाको सफलताका लागि सही तरिका र सही समय सिर्जना गर्नु हामीले हाम्रो दायित्व सम्झेका छौँ ।’
पाँचौँ अडिसनसम्म आइपुगेका १७ प्रतियोगीमध्येबाट बुइपाका जीवन्तराज राई, महेश्वरीका उत्तम राई र मदन राई, सप्तेश्वरका मौसम किराती, लफ्याङकी अमिता राई, दुर्छिमका सुस्मिता राई, सावाकटहरेका कृष्ण कोईराला, लफ्याङका यसकुमार राई, दिक्तेलका सुमन हिङ्माङ र विजयहाङ राई अन्तिम प्रतिष्पर्धाकालागि छनौट भएका छन् । पाँचौं अडिसनबाट बाहिरिएका सप्तेश्वरका तेजकुमार राई र खिदिमाका लाक्पा तामाङले बाल कलाकारको सम्मान पाउनु भएको छ ।