
रामधन राई/खोटाङ,
चैत्र–१, खोटाङ रतन्छाबासी आफ्नो गाबिसमा सञ्चालित क्याम्पस ब्यवस्थित बनाउन प्रतिबद्ध बनेका छन् । हालै आयोजित एक अन्र्तक्रिया कार्यक्रममा रतन्छामा यही बर्षदेखि सञ्चालनमा आएको साकेला बहुमुखी क्याम्पसलाई ब्यवस्थित र गुणस्तरीय बनाउन आ–आफ्ना क्षेत्र र तहबाट जुट्ने प्रतिबद्धता जनाएका हुन् ।
कार्यक्रममा गाबिसका शिक्षाप्रेमीहरुले आर्थिक, भौतिक तथा श्रम सहयोग गर्ने प्रतिबद्धता जाहेर गरेको क्याम्पस प्रमुख कृष्ण बुढाथोकीले जानकारी दिनुभयो । बुढाथोकीका अनुसार रतन्छामा जन्मी गाबिस, जिल्ला, जिल्लाबाहिर तथा देशबिदेशमा रहने शिक्षाप्रेमी रतन्छालीहरुले सञ्चालनमा आएको क्याम्पसको ब्यवस्थापन तथा गुणस्तरीय शिक्षाका लागि जुट्ने जनाएका छन् ।
दिक्तेल बहुमुखी क्याम्पस सञ्चालक समितिका अध्यक्ष समेत रहेका साकेला बहुमुखी क्याम्पस सञ्चालक समितिका सदस्य सनबहादुर राईको प्रमुख आतिथ्यता तथा अमेरिकामा बसोबास गर्दै आएका समाजसेवी तथा क्याम्पस सञ्चालन समितिका संयोजक केशबराम राईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष सिमिराज राईलगायत पुर्ब अध्यक्षहरु , पुर्ब प्रअ, श्रोत ब्यक्तिलगायतको उपस्थिती थियो ।
रतन्छाका शिक्षा श्रेत्रमा सम्बद्ध ब्यक्तित्वहरु तथा सम्पुर्ण शिक्षाप्रेमीहरुको उपस्थितीमा भएको अन्र्तक्रिया कार्यक्रममा प्रमुख अतिथी राईले सार्थक जीवनको लागि सार्थक शिक्षा आवश्यक रहेको जनाउनु भयो । राईले संसारलाई देख्ने, बुझ्ने र परिबर्तन गर्ने काम शिक्षाले नै गर्ने भएकाले सकेसम्म शिक्षामा योगदान गर्न आब्हान गर्नुभयो । रतन्छाले थुप्रै शिक्षित तथा देशका लागि योग्य ब्यक्ति जन्माएको स्मरण गर्दै जिल्लाको हकमा रतन्छाको शैक्षिक अवस्था गर्ब गर्न लायक रहेको उहाको भनाई छ ।
यता, समाजसेवी मदन राईले फोनमार्फत संक्षिप्त सम्बोधन गर्दै क्याम्पसको लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता जाहेर गर्नुभएको छ । चाहेको खण्डमा गर्न नसक्ने कुनै काम नभएको उल्लेख गर्दै क्याम्पसलगायत रतन्छाको शैक्षिक बिकासका लागि आफु हरदम जुट्ने उहाले बाचा गर्नुभयो ।
यस्तै, रतन्छाली सेवा समाज काठमाण्डौका अध्यक्ष भैरब राई र रतन्छाली सेवा समाज सुनसरीका सहसचिब राजेन्द्र राईले समेत फोनमार्फत सम्बोधन गर्दै आर्थिकलगायतको सहयोग गर्न तत्पर रहेको बताउनु भयो । आफ्ना ठाउँबाट आर्थिक संकलन र बिद्यार्थी संकलन कार्यमा लाग्ने उहाहरुको प्रतिबद्धता थियो ।
कार्यक्रममा जिल्ला शिक्षा कार्यालयबाट हालैको बर्ष बिद्यालय भवन निर्माणको लागि छुट्याईएको २४ लाख रकमको भवनको लागि आवश्यक जग्गा राजकुमार राई र शान्ति राईले उपलब्ध गराउने प्रतिबद्धता जनाउनु भयो ।
बक्ताहरुले क्याम्पस सञ्चालनको लागि अमेरिकानिबासी समाजसेवी केशबराम राईले तन, मन र धन लगाएर योगदान दिएको भन्दै प्रशंशा गरेका थिए । राईले यसअघि पनि बिद्यालयलाई मनग्गे सहयोग जुटाईदिएको पुर्ब प्रअ दयानन्द राईले जनाउनु भयो । समाजसेवी राईले ब्रिटिस आर्मीमा रहँदादेखि नै बिद्यालय तथा समाजको लागि आर्थिक तथा भौतिक सहयोग उपलब्ध गराउँदै आएको र हाल अमेरिकामा बस्दै आए पनि बर्षेनी गाउँ आईरहने केशबरामले भाँडाबर्तन देखि लाखौं रकम बिद्यालय तथा समाजलाई जुटाईदिएको बृद्ध पूुर्ब प्रअ दयानन्दले बताउनु भयो ।
कार्यक्रमको समापन गर्दै संयोजक केशबराज राईले भने आफुले होईन सम्पुर्ण रतन्छाबासीको पहल र योगदानले गर्दा क्याम्पसलाई यहाँसम्म ल्याउन सम्भब भएको बताउनु भयो । जुन कामको लागि भनेर रकम उपलब्ध हुन्छ त्यही कुरामा खर्च गर्ने बिधि अपनाउनुपर्ने प्रशंग उठान गर्दै उहाले एक करोडभन्दा बढी रकम ढिलोचाँडो उपलब्ध गराउने बाचा गरे । क्याम्पस सञ्चालक समितिको संयोजक राईले निकट दिनमै क्याम्पसाई भौतिक तथा प्रबिधिको हिसाबले पुर्ण बनाउन आफु लाग्ने बताउँदै सबैलाई लागी पर्न आग्रह गर्नुभयो । उहाले रतन्छाको मात्र नभई छिमेकी गाबिसहरुका बिद्यार्थीहरुलाई समेत गुणस्तरीय शिक्षा प्रदान गर्न ब्यवस्थापन गर्नुपर्ने उल्लेख गर्नुभयो । शिक्षकहरुलाई इंङगित गर्दै उहाले गाबिसका बिद्यार्थीलाई बाहिर जानुपर्ने अवस्थाबाट रोक्नको लागि ट्युसनलगायतका शैक्षिक गतिबिधि बढाउन आग्रह गर्नुभयो ।
२००८ मा स्थापना भएको बिद्यालय २०३७ मा माध्यमिक तह र २०५५÷५६ मा उच्च माबि सञ्चालन हुँदै आएकोमा अघिल्लो बर्ष क्याम्पसको सम्बन्धन प्राप्त गरेको क्याम्पस प्रमुख बुढाथोकीले जनाउनु भयो । त्रिभुवन बिश्व बिद्यालयबाट सम्बन्धन प्राप्त भएलगतै यो बर्षदेखि क्याम्पस सञ्चालन शुरु गरिएको हो ।
बृहत अन्र्तक्रिया कार्यक्रम सञ्चालन हुँदाहुँदै ४३ हजार ६ सय रुपैंया आर्थिक सहयोग जुटेको छ । वडा नम्बर ८ का आर्थिक संकलन समितिको संयोजक प्रेमबहादुर खत्री र सनबहादुर राईको पहलमा पहिलोपटक उक्त सहयोग रकम उपलब्ध गराईएको क्याम्पस प्रशासनले जनाएको छ ।