चैत्र–२, नेकपा एमालेको कार्यक्रता भेला तथा छलफल कार्यक्रम बाहुनीडाँडा गाविसमा सम्पन्न भएको छ । सभाषद पाँचकर्ण राई (पिके)को प्रमुख अथित्वमा भएको कार्यक्रता भेला कार्यक्रममा गाविसका बिभीन्न पार्टीका प्रतिनिधीहरु ४५ जना एमालेमा प्रबेश गरेका छन् ।
बेलडाडा प्रविमा भएको कार्यक्रता भेलामा सभाषद राईले जिल्लाका पश्चिमी भेगमा पर्ने कुर्लेघाटको बिकासका लागी महत्वपूर्ण जोड दिने बताउनुभएको छ ।
राईले कार्यक्रमलाई संबोधन गर्दे तोकिएको समयमा संबिधान दिन नसकेकोमा आफु दुखी रहेको बताउदै खोटाङे जनताको सुख दुखमा सधै साथ दिईरहने बताउनुभयो ।
कार्यक्रता भेटघाट तथा छलफल कार्यक्रममा एमाले जिल्ला कमिटी खोटाङका संगठन बिभाग प्रमुख खडिन्द्र साङपाङ,एमाले क्षेत्र नम्बर एकका अध्यक्ष सुरेन्द्र कुमार राई लगायतको उपस्थिति रहेको अनेरास्ववियू खोटाङका सचिव ओमप्रकास घिमिरेले जानकारी दिनुभयो ।