सीम्पानी गाविस खुला दिशामुक्त क्षेत्र घोषणा

चैत्र–६, खोटाङ जिल्लालाई चैत्र मसान्त भित्र खुला दिशामुक्त जिल्ला घोषणा गर्ने अभियान अन्र्तगत जिल्लाको दक्षिणी गाविस सीम्पानी लाई आज खुला दिशामुक्त क्षेत्र घोषणा गरिएको छ । स्थानियको सक्रियतामा गाविसभित्रका ६५५ घरधुरीले वाटरशिल चर्फी निर्माण गरेपछि जिल्लाको २८ औ गाविसको रुपमा सीम्पानीलाई खुला दिशामुक्त क्षेत्र घोषणा गरिएको हो । 
माननिय सभाषद बिशाल भट्टराईको प्रमुख अथित्वमा तथा प्रमुख जिल्ला अधिकारी गोविन्द सापकोटाको बिशेष आथित्वमा खुला दिशामुक्त क्षेत्र घोषणा गरिएको हो । कार्यक्रममा नेकपा एमालेका जिल्ला सचिव राम दङगाल, जिल्ला बिकास समितिका कार्यक्रम अधिकृत रविकरण आचार्य, गैर सरकारी संस्था महाँसंघका अध्यक्ष दिपनारायण रिजाल नेपाल पत्रकार महासंघ साखा खोटाङका सहसचिव तथा जे वास सिसिका सदस्य केदार मगर गाविस सचिव गोविन्द पराजुली लगायतको उपस्थितिमा गाविसलाई खुला दिशामुक्त क्षेत्र घोषणा गरिएको समाजिक परिचालक रामकुमार पुरीले जानकारी दिनुभयो । 
यसैबिच, सीम्पानी उच्च मावि केन्द्रमा संचालनमा रहेको एस.एलं.सी परिक्षाको प्रमुख जिल्ला अधिकारी सापकोटाले अनुगमन गर्नुभएको छ ।