
चैत–७ दहमा डुबिरहेको अवस्थामा खोटाङमा एक बालक मृत फेला परेका छन् । पाथेका गाविस–७ का सौधन राईको १० वर्षीय छोरा केशव राई दहमा डुविरहेको अवस्थामा मृत फेला परेका हुन् ।
स्थानीय दम्दी खोलाको दहमा डुबिरहेको अवस्थामा मृत रहेको अवस्थामा गाउँमा बरखन्त खाएर फर्कदै गरेका स्थानीयले बालकलाई शुक्रबार फेला पारेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरीक्षक बिनोदराज खरेलले बताउनु भयो । शव दहमा भेटिएपछि स्थानीयवासीले प्रहरी चौकी खार्ताम्छालाई खबर गरे पछि घटना थाह भएको खरेलको भनाई छ । घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । बालक दहमा डुव्नुको कारण खुल्न नसकेको खरेलले बताउनु भयो ।
यस्तै, जिल्लाको उत्तरी गाविस महेश्वरी–७ दिक्पाका १९ वर्षीय ठमेल राई आफ्नै घरमा झुण्डिएको अवस्थामा सनिवार बिहान मृत फेला परेका छन् । राई लुगा झुण्ड्याउने बलोमा गलबन्दीको पासो लगाएको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ । राईले आत्महत्या गरेको हुनसक्ने जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।