चैत्र–९, खोटाङमा एसएलसी परीक्षा दिइरहेकी परीक्षार्थीले बच्चा जन्माएकी छन् । डाँडागाउँको ओख्रेस्थित महेन्द्रोद्वय उच्च माबि परीक्षा केन्द्रबाट एसएलसी दिइरहेकी शान्ति माबि छोरम्बुकी छात्रा सुजना राईले सोमबार बच्चा जन्माएकी हुन् । 
परीक्षार्थी राईले सोमबार बिहान ११ बजे बच्चा जन्माएकी परीक्षा केन्द्रका केन्द्राध्यक्ष केशवकुमार खड्काले जानकारी दिए । रातीदेखि सुत्केरी व्यथा लागेका कारण उनको सोमबार भएको बिज्ञान विषयको परीक्षा छुटेको छ । उनले छोरा जन्माएकी छन् ।