
चैत्र–११, पानीसँगै परेको हावाले खोटाङको पश्चिमी गाबिस डिकुवामा एक विद्यालयको छाना उडाएको छ । सोमबार दिउँसो आएको हावाहुण्डरीले डिकुवा–७ ओफ्लाङस्थित पञ्चावती प्राबिको छाना उडाएको हो ।
हावाले कक्षा–२, ३ र ४ को पूरै छाना उडाएको विद्यालयका प्रधानाध्यपक देबेन्द्र राईले बताउनु भयो । प्रअ राईका अनुसार छाना भत्किदा विद्यालयको ३ लाख बराबरको क्षती भएको छ । छाना उडाइएपछि मंगलबारदेखि तीन वटा कक्षाका विद्यार्थीलाई बाँकी दुई वटा कोठामा राखेर कक्षा सञ्चालन सुरु गरिएको विद्यालयले जनाएको छ । छानो उडाएपछि विद्यालय गएका बालबालिकालाई समस्या भएको स्थानीय रुपा राईले बताउनु भयो ।