
खोटाङ साउन–२७, वैदेशिक राजगारीको क्रममा साउदीमा ज्यान गुमाएका तीन जना खोटाङबासीको परिवारका लागि ब्लडमनी आएको छ । १८ जना मृतक कामदारको परिवारलाई नेपाली दूतावासले पठाएको ब्लडमनी पाउनेमा खोटाङको तीन परिवार रहेको उल्लेख छ ।
अदालतको फैसला अनुसार ब्लडमनी पाउनेमा ३२११४२३ राहदानी नम्बर भएको मृतक रामनाथ राई, ४४९४०९८ नम्बरको राहदानी नम्बर भएको देवराज राई र ०६०९४०९२ नम्बरको राहदानी भएको मृतक सन्तोष खत्रीको परिवार रहेका छन् ।
रामनाथको परिवारलाई साउदी रियाल ७५ हजार, देवराजको परिवारलाई २० हजार रियाल र सन्तोषको परिवारलाई २० हजार रियाल पठाईएको उल्लेख गरिएको छ । ब्लडमनी परराष्ट्र मन्त्रालयमा पठाईसकिएको दुतावासले जनाएका छन् ।